कुमारी बैंकको २४औं वार्षिक साधारण सभा

काठमाडौं– कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।