Logo

नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक नेप्से मंगलबार १४.०८ अंकले घटेर २ हजार ७ सय १५.९१ बिन्दुमा कायम भएको छ ।

यस्तै, सोमबार ११ अर्ब ८७ करोडको कारोबार भएकोमा मंगलबार ३ सय १५ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार जलविद्युत् र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

मंगलबार कर्पोरेट विकास बैंक, ग्रीन विकास बैंक, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन जोशी जलविद्युत् विकास कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्