नव अरुणिमा विद्यालयमा पाँच लाखको अक्षयकोष

काठमाडौं– नवअरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा विविध सांगीतिक एवम सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानको इतिहास र वर्तमान अवस्थाको समीक्षा प्रस्तुत गरे । विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद दंगालले शैक्षिक सत्र २०८०/०८१ का उपलब्धि सहित विद्यालय प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले विद्यार्थीलाई पढाइसँगै सहशैक्षिक क्रियाकलाप र सन्तुलित खानपान आवश्यक रहेको बताइन् । कार्यक्रमका गोपालप्रसाद बरालले आफ्नो स्व. भान्जा अमोद पराजुलीको स्मृतिमा अरुणिमा शैक्षिक प्रतिष्ठानका क्रिकेट खेलाडीलाई पुरस्कार व्यवस्थापन गर्न पाँच लाखको अक्षय कोष खडा गर्ने घोषणा गरे ।