लुम्बिनी सेरामिक्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं– लुम्बिनी सेरामिक्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त भएको छ । सो सम्बन्धी सम्झौतामा सेरामिक्सका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
सेरामिक्सले भविष्यमा प्राथमिक सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । लामिनार टाइल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाइड टाइल्स हो । यसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।
लामिनार टाईल्स् नेपाली उपभोक्ताका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरका टाइल्स् उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।