Logo

वन पैदावारबाट ६ महिनामा सात करोड बढी राजस्व संकलन

दाङ– दाङमा चालु आर्थिक वर्षको आधा समयमा वन पैदावारबाट साढे सात करोड बढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराही, दाङ र देउखुरी कार्यालयको विवरणअनुसार सात करोड ६२ लाख ८१ हजार रुपैयाँ वन पैदावारबाट राजस्व संकलन भएको हो । घोराही कार्यालयबाट वन पैदावारबाट चार करोड ६३ लाख ५० हजार संकलन भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी टेकनप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी डिभिजन वन कार्यालय दाङ देउखुरीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले दुई करोड ९९ लाख ३१ हजार वन पैदावारबाट राजस्व संकलन भएको जानकारी दिए । डिभिजन वन कार्यालय घोराही दाङअन्तर्गत सरकारद्वारा व्यवस्थित वनबाट १७ हजार ९८३ दशमलव २६ घनफिट काठ र ७३ दशमलव २ चट्टा दाउरा निजी आवादी वनबाट संकलन भएको छ ।

गैरकाष्ठ वन पैदावारतर्फ ६ महिनामा एक लाख ४८ हजार ३६१ केजी जडिबुटी संकलन भएको छ । जसमा ३१ हजार किलो टिमुर र कालीकाठ ३६ सय किलो संकलन भएको छ । वनबाट एक लाख पाँच हजार १३५ दशमलव चार किलो खोटो संकलन भएको छ । ६ वटा सामुदायिक वनका तीन हजार ४७७ दशमलव ७५ हेक्टर क्षेत्रफलमा रहेका ३० हजार १२० वटा रुखबाट खोटो संकलन गरिएको थियो ।

विगत आर्थिक वर्षबाट अल्या भई आएको वन पैदावारको विवरणमा डिभिजन वन कार्यालय देउखुरी अन्तर्गतका सामुदायिक वनबाट अल्या काठ ८० हजार ६३२ दशमलव २३ घनफिट, दाउरा ४७७ चट्टा रहेको छ । डिभिजन वन कार्यालय दाङअन्तर्गतका ५३ हजार ९७३, सरकारद्वारा व्यवस्थित वनमा ६ हजार ७३१ दशमलव एक र बेवारिसे तथा दरिया बर्दी काठ दुई हजार ५७६ दशमलव एक घनफिट रहेको छ ।

दाउरातर्फ सामुदायिक वनमा १७०, सरकारद्वारा व्यवस्थित वनमा १८ दशमलव पाँच र १२ चट्टा बेवारिसे तथा दरिया बर्दी दाउरा रहेको छ । गैरकाष्ठ वन पैदावारतर्फ आठ अजार पाँच सय किलो जडिबुटी रहेको छ । डिभिजन वन कार्यालय दाङ देउखुरीअन्तर्गत चालू आर्थिक वर्षको ६ महिनामा सामुदायिक वनबाट ३९ हजार ६३४ घनफिट काठ र १३८ दशमलव ७५ चट्टा दाउरा बिक्री वितरण भएको छ ।

जसबाट उपभोक्ता समूहको कोषमा एक करोड ८१ लाख, प्रदेश सञ्चित कोषमा ६१ लाख १९ हजार, मूल्य अभिवृद्धि कर ४० लाख १४ हजार र अग्रिम आयकर चार लाख ५८ हजार जम्मा भएको छ । निजी आवादी वनबाट काठ बिक्रीवापत प्रदेश सञ्चित कोषमा १० हजार रुपैयाँ जम्मा भएको छ । दाउरा बिक्री वितरणबाट उपभोक्ता समूहको कोषमा ६ लाख ९१ हजार, प्रदेश सञ्चित कोषमा एक लाख ९५ हजार, मूल्य अभिवृद्धि कर एक लाख ९१ हजार र अग्रिम आयकर ३३ हजार जम्मा भएको छ ।

निजी आवादीतर्फ प्रदेश सञ्चित कोषमा १० हजार, मूल्य अभिवृद्धि कर ७४ हजार र अग्रिम आयकर आठ हजार रुपैयाँ छ । यता डिभिजन वन कार्यालय दाङअन्तर्गत सामुदायिक वनबाट ४७ हजार ४०२ दशमलव ७७, सरकारद्वारा व्यवस्थित वनबाट पाँच हजार २७१ दशमलव ६, निजी आवादीबाट १७ हजार ९९३ दशमलव २६ र बेवारिसे तथा दरिया बर्दी काठ दुई हजार ५४१ दशमलव ६१ घनफिट बिक्री वितरण गरिएको छ ।

दाउरातर्फ सामुदायिक वनबाट १४८ दशमलव पाँच, निजी आवादीबाट ७३ दशमलव दुई र बेवारिसे तथा दरिया बर्दीबाट ६ दशमलव पाँच चट्टा दाउरा बिक्री वितरण भएको छ । जसमा काठबाट उपभोक्ता समूहको कोेषमा दुई करोड ४६ लाख ७५ हजार, प्रदेश सञ्चित कोषमा ७१ लाख ४० हजार, मूल्य अभिवृद्धि कर ४८ लाख ८६ हजार रुपैयाँ र अग्रिम आयकर पाँच लाख रुपैयाँ जम्मा भएको छ ।

सरकारद्वारा व्यवस्थित वनबाट काठ बिक्रीवापत संघीय सञ्चित कोषमा ३१ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर चार लाख ५६ हजार र अग्रिम आयकर ४७ हजार रुपैयाँ जम्मा भएको छ । निजी आवादी वनबाट काठ बिक्रीवापत प्रदेश सञ्चित कोषमा ७१ हजार जम्मा भएको छ भने बेवारिसे तथा दरिया बर्दी काठबाट प्रदेश सञ्चित कोषमा १६ लाख ५० हजार, मूल्य अभिवृद्धिकर दुई लाख ७० हजार र अग्रिम आयकर दुई हजार जम्मा भएको छ ।

दाउरा बिक्री वितरणमा सामुदायिक वनतर्फ उपभोक्ता समूहको कोषमा नौ लाख ८० हजार, प्रदेश सञ्चित कोषमा तीन लाख ३१ हजार, मूल्य अभिवृद्धि कर तीन लाख ७४ हजार र अग्रिम आयकर २६ हजार रुपैयाँ जम्मा भएको छ । निजी आवादीतर्फ प्रदेश सञ्चित कोषमा १० हजार, मूल्य अभिवृद्धि कर एक लाख २५ हजार र अग्रिम आयकर १४ हजार जम्मा भएको छ ।

बेवारिसे तथा दरिया बर्दी दाउराबाट प्रदेश सञ्चित कोषमा ५२ हजार, मूल्य अभिवृद्धि कर १५ हजार र अग्रिम आयकर ७८४ रुपैयाँ जम्मा भएको छ । सरकारद्वारा व्यवस्थित वनबाट ढुंगा बालुवा र खोटोबाहेकको गैरकाष्ठ वन पैदावार बिक्री वितरण गर्दा संघीय सञ्चित कोषमा दुई लाख ६१ हजार, खोटो बिक्री बितरणबाट उपभोक्ता समूहको कोषमा १२ लाख ५८ हजार र अग्रिम आयकर १६ हजार जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्