स्वदेशी उद्योगलाई संरक्षण गर्न सेफगार्डस् एन्टिडम्पिङ ऐन «

स्वदेशी उद्योगलाई संरक्षण गर्न सेफगार्डस् एन्टिडम्पिङ ऐन

स्वदेशी उद्योगलाई संरक्षण गर्नका लागि सेफगार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ ऐन कार्यान्वयनमा आएको छ । कम मूल्यका सामान बाहिरी मुलुकबाट आयात भइ स्वदेशी उत्पादनलाई प्रत्यक्ष असर पार्न थालेपछि त्यसलाई नियन्त्रण गर्नसरकारले सो ऐन ल्याएको हो ।
प्रचलित दरभन्दा सस्तो मूल्यमा बाहिरी मुलुकबाट सामान आयात हुन थालेपछि स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग व्यवसायीलाई नै प्रत्यक्ष असर परिरहेको छ ।मालवस्तुको आयात अस्भाविक र अनपेक्षित रूपमा वृद्धि भएमा, लागत मूल्यभन्दा कम मूल्यमा आयात भइ स्वदेशी उद्योगमा हुन गएको हानीनोक्सानी रोक्नका लागि यस ऐन ल्याइएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
स्वदेशी उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्न पहिलोपटक ऐन कार्यान्वयनमा आएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सो ऐनको बारेमा जानकारी दिनका लागि सोमबार सरोकारनिकायलाई बोलाएर छलफल गरेको छ । मन्त्रालयका सहसचिव महेश आचार्यले लामो समयको अध्ययन पछि ल्याएको यस ऐनले स्वदेशी उद्योगलाई संरक्षण गर्न सघाउ पु¥याउने बताए । “मुलुकमा उत्पादनको लागत महँगो रहेकाले सस्तो मूल्यमा बाहिरी मुलुकबाट सामान आयात हुँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन,” उनले भने, “यस ऐनले उद्योगी व्यवसायीलाई व्यवसाय गर्न सहजीकरण गर्नेछ ।”
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका उपसभापति रविन श्रेष्ठले मुलुकमा वर्षमा ५ करोड रुपैयाँभन्दा बढीको जुत्ता आयात भइरहेकाले सस्तोमा आउने सामानको मूल्याङकन गर्नुपर्ने बताए । मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बाहिरी मुलुकबाट कम लागत देखाएर सामान निर्यात गर्ने हुँदा स्वदेशी उद्योग धरासायी अवस्थामा हुने हुँदा त्यसलाई नियन्त्रण गर्न ऐनले सघाउ पु¥याउने जानकारी दिए ।
कसैले मिल्दोजुल्दो मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई हानी नोक्सानी पुग्ने वा पुग्न सक्ने गरी निर्यातकर्ताको मुलुकको समन्य मूल्यभन्दा कम निर्यात मूल्यमा वस्तु आयात गरेको पाइएमा त्यस्तै वस्तु उत्पादन गर्ने स्वदेश उद्योग आफैले आयात गरिएको मालवस्तु उपर एन्टिडम्पिङ महसुल तथा कान्टरभेलिङ महसुल लगाउन निवेदन दिन सक्ने व्यवस्था ऐनमा व्यवस्था गरिएको छ । मिल्दोजुल्दो मालवस्तुको कम्तीमा २५ प्रतिशत हिस्सा उत्पादन गर्ने स्वदेशी उद्योगले उजुरी दिएको र मिल्दोजुल्दो मालवस्तुको कम्तमिा ५० प्रतिशत हिस्सा उत्पादन गर्ने स्वदेशी उद्योगले सो निवेदनमा समर्थन जनाएको हुनुपर्ने व्यवस्था गरिएको छ । निवदेन दिँदा स्वदेशी उद्योगलाई गम्भिर हानी पुग्ने आधार हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
मिल्दोजुल्दो मालवस्तुको कम्तीमा ५० प्रतिशत हिस्सा उत्पादन गर्ने स्वदेशी उद्योगले त्यस्तो निवेदन उपर १५ दिनभित्र विरोध जनाएमा त्यस निवेदनउपर अधिकारीले कारबाही अघि नबढाउने व्यवस्था ऐनमा गरिएको छ । सेफगाड्र्स , एन्टिडम्पिङ महसुल तथा काउन्टरभेलिङ महसुल स्वदेशी उद्योगमा परेको गम्भीर हानी नोक्सानीको प्रभाव नियन्त्रण गर्ने प्रयोगका लागि आवश्यक देखिएको हद र अवधिसम्मको लागि मात्र लागू गर्नुपर्ने छ । सो महसुल लगाउँदा सम्बन्धित मालवस्तुमा नेपालले विश्व व्यापार संगठन(डब्लूटीओ)को सदस्य हुँदा गरेको बाइन्डिङ दरभन्दा उच्च भन्सार महसुल लगाउने सकिने व्यवस्था गरिएको छ । यस महसुल लगाउने निर्णयमा चित्र नबुझने पक्षले ३५ दिनभित्र सम्बन्धित भन्सार कार्यय रहेको क्षेत्रको उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।
निर्यात गर्ने प्रयोजनका लागि विशेष आर्थिक क्षेत्रवा निर्यात प्रशोधन क्षेत्रमा मात्र प्रयोग हने गरी आयात भएको कच्चा पदार्थसँग सम्बन्धित मालवस्तुको हकमा सरकारले महसुल नलगाउने गरी छुट दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्