Logo

क्यान इन्फोटेक बिहीबारदेखि काठमाडौंमा

काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गते (बिहीबार)देखि काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताए । महासचिव भुर्तेलले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिए ।

मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताए । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताए । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताए ।

महासचिव भुर्तेलले सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताए । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्