Logo

हङकङमा पाँच हजार बढी दर्शकले हेरे ‘एलजी फेस्ट २०२५’

काठमाडौं- हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । जनवरी ३० मा ताई तोङस्थित इको पार्कमा भएको उक्त कार्यक्रम राम्रो र भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, कन्दरा, पूर्ण राई एण्ड द दाजुभाई र शान्ति श्री परियार (रुकुमकोट) लगायतले आफ्नो कला प्रस्तुति देखाएका थिए । यसैगरी भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामाले नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा हङकङको स्थानीय ब्याण्ड र स्थानीय कलाकारहरुले पनि प्रस्तुति देखाएका थिए । कार्यक्रमको होस्ट भने कलाकार जीतु नेपाल र नायिका केकी अधिकारीले गरेका थिए ।

कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति रहेको थियो । हङकङमा जुझारु नेपाली युवा चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायतले सन् २००४ मा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए । स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्