Logo

वीरगन्जमा सीजी मोटर्सको ब्रान्ड लन्च

काठमाडौं– सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्ड सार्वजनिक गरेको छ । कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको हो ।

उद्घाटन कार्यक्रम वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ । यो पहलले वीरगन्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारा ल्याएको छ ।

ग्राहकको सुविधा बढाउन सीजी मोटर्सले सीजी केयर्स सर्भिस एप पनि प्रस्तुत गरेको छ । नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पाट्र्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ वीरगन्ज–मधेश प्रदेशका ग्राहकले अब सीजी सुविधाबाट विशेष सेवाहरू पाउने र सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्