नेपाल जनप्रशासन संघको अध्यक्षमा बाँस्कोटा «

नेपाल जनप्रशासन संघको अध्यक्षमा बाँस्कोटा

पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा नेपाल जनप्रशासन संघको अध्यक्षमा सर्वसम्मतीबाट निर्विरोध रूपमा निर्वाचित भएका छन् । संघमा नेपालका प्रायः सबै वर्तमान र पूर्वसचिव तथा मुख्य सचिव, आयोगका प्रमुख आयुक्त र आयुक्तहरु तथा विश्व विद्यालयका प्राध्यापकहरु सदस्य छन् ।
संघको स्थापना २०४७ सालमा भएको हो । अध्यक्ष पदको शपथ ग्रहण गरे लगत्तै आइतबार नवनिर्वाचित अध्यक्ष बास्कोटाको अध्यक्षमा सुशासन र विकाससम्बन्धी विशेष कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा उनले नेपालको मुलुकी प्रशासनलाई समय सपेक्ष चुस्त र दुरुस्त तुल्याउन संघले खबरदारी गर्ने कुरा बताए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आपूm सुशासनको पक्षमा रहेको बताए ।
सो कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्व आयुक्तद्वय सूर्यनाथ उपाध्याय र भोजराज पोखरेल तथा पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले सुशासन र विकासको बहसमा वक्ताका रूपमा आ–आप्mनो विचार व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत संघका उपाध्यक्ष प्रा. यशोदा काप्mलेबाट भएको थियो भने बहस कार्यक्रमको सञ्चालन डा. हीरामणि घिमिरेबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्