रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् । रास्वपाले शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो ।
तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।