Logo

आरबिबि मर्चेन्ट बैकिले मनायो १०औं वार्षिकोत्सव

काठमाडौं– आरबिबि मर्चेन्ट बैकिले मनायो १० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले कम्पनीको ९ वर्षमा भएका कार्य प्रगती प्रतिवेदन पेश गरेका थिए । संस्थाको आ.व २०७३/७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०/८१ मा १९.०७ रुपैयाँ प्रतिसेयर ईपीएस कायम भएको बताइएको छ । आ.व २०७३/७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८०/८१ मा १२८.०५ रहेको छ ।

कुल आयमा आर्थिक वर्ष २०७३/७४ देखि आ.व २०८०/०८१ मा आइपुग्दा २०१ प्रतिशत वुद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशत वृद्धि गरि आ.व.२०८०/८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरि कुल ५३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय बाणिज्य बैंकलाई दिएको कम्पनीले जनाएको छ । समग्र रुपमा आर्थिक प्रगतीका सूचकांक अनुसार कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्