Logo

फोनपे बिल्समा बीमा प्रिमियम तिर्दा नगद छुट

काठमाडौं– फोनपे बिल्सले ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत बीमा प्रिमियम तिर्दा नगद छुटको व्यवस्था गरेको छ । फोन पे मार्फत बीमाको प्रिमियम भुक्तानी गर्दा शतप्रतिशत नगद जित्ने अफर सार्वजनिक गरेको हो ।

अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा शतप्रतिशत क्याशब्याक (१५ हजार रुपैयाँसम्म) प्राप्त गर्ने छन् । यही माघ ३० गतेसम्म चल्ने अभियानले ग्राहकलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्ने बताइएको छ । सहभागी हुन ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रिमियम तिर्नुपर्छ ।

सफल भुक्तानी पछि उनीहरू स्वत: लकी ड्राका लागि योग्य हुनेछन् र शतप्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । फोनपे बिल्समार्फत ग्राहकले बिजुली, पानी, टिभी, इन्टरनेट, इएमआई, सरकारी राजस्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाको बिल मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्