सामसङ ‘एस–२५ सिरिज’को प्रि–बुकिङ खुला

काठमाडौं– सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज नेपालमा प्रि–बुकिङ सुरू भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले उक्त सिरिज सार्वजनिक गरेका हुन् । यो सिरिजमा ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा भेरियन्ट रहेका छन् ।
प्रि–बुकिङ बिहीबारदेखि फागुन १ गतेसम्म गर्न सकिनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड (१२/२५६ जिबीबाट १२/५१२ जिबी) गर्न पाउँनेछन् । यस्तै ३१ हजार ९९९ रूपैयाँ पर्ने ग्यालेक्सी बड्स थ्री प्रो मात्र १४ हजार ९९९ रूपैयाँमा पाउनेछन् । साथै तीन हजार ३९९ रूपैयाँ पर्ने सिलिकन कभर एक हजार पाँच सय रूपैयाँ किन्न सकिने बताइएको छ ।
ग्यालेक्सी एस–२५
६.२ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ । त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ । फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ । यो फोनमा ग्राहकले ४ हजार एमएएच ब्याट्री पाउँछन् ।
यो फोन १२/२५६ जिबी र १२/१२८ जिबी क्षमतामा पाइनेछ । फोनको मूल्य क्रमश: एक लाख १४ हजार ९९९ रूपैयाँ र एक लाख ४ हजार ९९९ रूपैयाँ हुनेछ । यो फोन आइसी ब्लू (निलो) र सिल्भर स्याडो रंगमा उपलब्ध हुनेछ । ६.७ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ ।
त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ । फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ । यो फोनमा ग्राहकले ४ हजार ९ सय एमएएच ब्याट्री पाउँछन् । ग्यालेक्सी एस २५ प्लस १२/२५६ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ । ग्राहकले यो फोन नेभी र सिल्भर स्याडो रंगमा पाउनेछन् ।
एस–२५ अल्ट्रा
६.९ इञ्च डिस्प्ले भएको यो फोनको पछाडि भागमा चार वटा क्यामेरा जडान गरिएको छ । जसमा मुख्य क्यामेरा २०० मेगापिक्सेल, ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो, १० मेगापिक्सेल टेलिफोटो र ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ । त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ ।
फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ । यो फोनमा ग्राहकले ५ हजार एमएएच ब्याट्री पाउँछन् । ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जिबीको मूल्य एक लाख ९९ हजार ९९९ रूपैयाँ र १२/२५६ जिबीको मूल्य एक लाख ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन टाइटानियम सिल्भर ब्लू (निलो), टाइटानियम ह्वाइटसिल्भर र टाइटानियम ब्ल्याक (कालो) रंगमा उपलब्ध छ ।