Logo

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि

काठमाडौं- केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल संघद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले २५ हजार पाउने छन् । उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्