गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता

काठमाडौं- गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफका डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकलाई निसन्तान उपचारको प्याकेजमा एकमुष्ठ रु १०,००० सम्म छुट, प्याथोलोजी परीक्षणमा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट प्रदान गर्नेछ । यस सुविधाको लाभ उठाउनको लागि बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्ड होल्डरहरुले वात्सल्य नेचुरल आईभिएफका सम्पूर्ण आउटलेटहरुमा पुगेर यो छुट प्राप्त गर्न सक्नेछन् ।