Logo

धौलागिरी लघुवित्तको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक

काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिवेदन प्रकाशित गरेको छ । संस्थाले वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरी अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था सन्तोषजनक रहेको पाइएको छ ।

संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा व्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरी ६ करोड ४१ लाख ब्याज आम्दानी गरी रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ । त्यस्तै नाफा कमाउँदा प्रति शेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ ।

निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाको नामामा उल्लेख्य सुार आएको हो । संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायतसम्पूर्ण फिल्ड सहायक कर्मचारीसहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल उच्च पार्दै आइरहेको छ ।

यस अवधि भित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत ४० हजार ७३३ जान विपन्न घरपरिवारमा सेवा पुर्‍याउँदै २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्