Logo

सामसङको फ्रन्ट लोड वासिङ मेसिन बजारमा

काठमाडौं– सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । ठूला लोडका लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको दाबी गरेको छ ।

कम्पनीका अनुसार एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् । सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउने कम्पनीको दाबी छ ।

यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउनको लागि एआई एनर्जी मोड पनि समावेश छ । डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा–दक्ष कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ । यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको छ ।

सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १ लाख १ हजार ९९० रुपैयाँबाट सुरु हुन्छ । प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरू ० प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्