Logo

डीएभी छैटौं कलेज फुटसल बुधबारबाट

काठमाडौं– ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता यही माघ १६ देखि आयोजना हुने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले जानकारी दिए ।

आफ्नै फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेतालाई तीन लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेतालाई दुई लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने कलेजले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ । प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्