Logo

फेमिली एन्ड बेबी एक्स्पो माघ १६ देखि

काठमाडौं– बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ । माघ १६ देखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको हो । चार दिन आयोजना हुने एक्स्पोको अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले उद्घाटन गर्ने कायक्रम तय भएको इभेण्ट सोलुसनले जनाएको छ ।

‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथमा आयोजना हुने एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध हुनेछ । नि:शुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।

इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार घर भित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस् हुनका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ । अभिभावकले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाइ छ । प्रधानका अनुसार बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्