माघेसंक्रान्तिको अवसरमा पाल्पामा मगरी खाना महोत्सव «

माघेसंक्रान्तिको अवसरमा पाल्पामा मगरी खाना महोत्सव

पाल्पा-माघे संक्रान्तिको अवसरमा पाल्पा नेपाल मगर संघ पाल्पाको आयोजनाका एकदिने मगरी खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित खानाका परिकारहरूको स्टल राखिएको थियो । मगर समुदायको मुख्य पर्वको रुपमा रहेको माघेसंक्रान्ति पर्वको अवसरसँगै नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि मेलाको आयोजना गरिएको नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीले बताए । मेलामा विशेष गरी बन तरुल, मगरी बटुक, कोदोबाट बनेका परिकारहरू, सुंगुरको मासुलगायतका परिकारहरू दर्शकहरूको रोजाइमा पेको थियो ।
मेलामा मगर समुदायमा लोप हुन लागेका झ्याउरे, मारुनी, मगरी झाम्रे, घाटु, सालैजो, जिवैमामा सोरठीलगायतका मौलिक संस्कृति झल्किने नाचहरूसमेत प्रस्तुत गरिएको थियो ।
महोत्सवमा जिल्लाका विभिन्न कलाकारहरूले सांस्कतिक प्रस्तुतिसमेत दिएका थिए । साथै मगरी सोरठी, झाम्रेलगायतका नाँचहरू समेत प्रदर्शन गरिएको संघका सदस्य तथा मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष अमित रास्कोटीले बताए । दर्शकहरू उल्लेख्य सहभागिताको कारणले निर्धारति समयभन्दा पहिले नै परिकारहरू सकएिका थिए । सहभागीहरू सडकमै खाएर नाँच्न रमाउन पाउँदा दंग परेका थएि ।
जिल्ला सदरमुकाम तानसेनमा भएको महोत्सव अवलोकन गर्नका लागि जिल्लाका विभिन्नस्थानहरूसंगै छिमेकी जिल्लाबाट दर्शकहरूको बाक्लो उपस्थिती रहेको थियो ।
मेलामा तरुल, सक्खरखण्ड, लोकल कुखुरा, बटुक, बंगुरको मासु लगायतका परिकारहरूको दुई दर्जन स्टल समेत राखिएको थियो । मेलामा मगर संघका भातृ संस्थाहरू विद्यार्थी, महिला, युवा लगायतको स्टलहरू राखिएका थिए ।

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्