Logo

एनआइएमबिको घण्टाघर शाखा स्थानान्तरण

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबि) ले घण्टाघर शाखा कार्यालय प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका–२८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आइतबारदेखि स्थानान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने उनले बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्