Logo

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको हकप्रद सेयरको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चुक्ता पुँजीको शत्प्रतिशत अर्थात १:१ को अनुपातमा एक करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।

आइतबार आयोजित एक समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ.व. २०८०/०८१ को वार्षिक साधारणसभाबाट पारित १:१ अनुपातको हकप्रद निष्काशनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड विभिन्न जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चारलगायतका परियोजनरुमा लगानी सम्वन्धि काम/कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्