ज्योति विकास बैंक र सिग्मा डायग्नस्टीक ल्याबबीच सम्झौता

काठमाडौं– ज्योति विकास बैंकले भक्तपुर राधेराधेस्थित सिग्मा डायग्नस्टीक ल्याबसँग सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई छुट र सुविधा प्रदान गर्दै आएको छ । हालै बैंकले धुलिखेलस्थित दुसित थानी र हिमालयन दृष्य रिसोर्टसँग छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
आफ्नो मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस बैंकले नागरिकको हितर्लाइ प्राथमिकतामा राखेको दावी गरेको छ ।