Logo

सिन्धु विकास बैंकको वित्तीय साक्षरता

काठमाडौं– सिन्धु विकास बैंकका विभिन्न शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय हेटौंडाको आयोजनामा हेटौडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङको आयोजनामा थाहा नगरपालिका–३ घट्टेचौर अवस्थित जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।

चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ८० जनाको उपस्थिति थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ र १२ ६५ विद्यार्थीको उपस्थिति थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयबारो विद्यार्थीलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको बैंकका २६ वटा शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्