Logo

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह

काठमाडौं– यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, अस्ट्रेलियालगायत देशमा निर्यात गर्ने गरेको छ ।

यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशक घोषणा गरेका हुन् । ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त भएसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।

रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि पनि उनी विशेष परिचित रहेको बताइएको छ । उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, इञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्