९% आईसीएफसी फाइनान्स लिमिटेड डिवेञ्चर २०८८ मा सात गुणा बढी आवेदन

काठमाडौं– आईसीएफसी फाइनान्सको ९% आईसीएफसी फाइनान्स लिमिटेड डिवेञ्चर २०८८मा सात गुण बढी आवेदन परेको छ ।
फाइनान्सले सो डिवेञ्चरका लागि एक हजार रुपैयाँ अंकित मूल्यका दरले तीन लाख कित्ता माघ ९ देखि १३ गतेसम्म बिक्री खुला गरेको थियो ।
नेपालको धितोपत्र बजारमा चार दिनको छोटो समयावधिभित्रै आवश्यकभन्दा बढी संख्यामा डिबेञ्चरको माग गरी भएको कम्पनीको भनाइ छ ।