अमेरिकी श्रम बजार विस्तार «

अमेरिकी श्रम बजार विस्तार

वासिङटन-खुद्रा बिक्री र स्वास्थ्य सेवा फर्ममा भएको रोजगारी वृद्धिले अमेरिकी श्रम बजार लगातार १० औैं वर्षमा पनि विस्तार भएको छ ।
देशको ३.५ प्रतिशतको बेरोजगारी दर कीर्तिमानी न्यून कायम भएप्को छ भने आम्दानी वृद्धि भने नोभेम्बरको तुलनामा ओरालो लागेको छ ।
वार्षिक घन्टाको ज्याला भने २.९ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो नोभेम्बरको ३.१ प्रतिशत वृद्धिको तुलनामा कम हो ।
डिसेम्बरमा रोजगारी वृद्धि अघिल्लो महिनाको तुलनामा घटेको छ । उक्त महिनामा रोजगारदाताले २ लाख ५६ हजार रोजगारी थपेका थिए ।
विश्लेषकहरुले गत महिना थोरै भएपनि बलियो अवस्थाको वृद्धि हुने अपेक्षा गरेका थिए । उनीहरुले १ लाख ६४ हजार रोजगारी वृद्धि हुने अपेक्षा गरेका थिए । तर अमेरिकी श्रम विभागको शुक्रबारको तथ्यांक अनुसार अमेरिकी अर्थतन्त्र राम्रो रहेको देखिएको छ । उनीहरुले अमेरिका मन्दीमा फस्न सक्ने अनुमान गरेका थिए ।
“गृष्मकालिन अवधिको पुछार र शरद ऋतुको प्रमुख सूचकहरुले देखाएको तुलनामा रोजगारी वृद्धिले राम्रो भूमिका निर्वाहा गरेको देखिएको छ,” प्यानथियोन म्याक्रोइकोनोमिक्सका प्रमुख अर्थशास्त्री इयान सेफर्डसनले बताए ।
तेस्रो त्रैमासिक अवधिमा अमेरिकी अर्थतन्त्र वार्षिक २.१ प्रतिभशतको दरमा विस्तार भएको थियो । यो यस वर्षको सुरुमा गरिएको ३.१ प्रतिशतको अनुमानको तुलनामा ठूलो अन्तरले कम हो ।
व्यापार तनाव, म्यानुफ्याक्चरिङमा देखिएको गिरावट र विदेशको कमजोर अवस्थाले सुस्त आर्थिक वृद्धिको त्रास बढाएको थियो । तर अमेरिकी अर्थतन्त्रको प्रमुख वाहक मानिएको उपभोक्ता खर्च राम्रो रह्यो ।
गत वर्ष समग्रमा अमेरिकी अर्थतन्त्रमा मासिक औसति १ लाख ७६ हजार रोजगारी थपिएप्को छ । यो २०१८ को २ लाख २३ हजारको तुलनामा कम हो ।

 

प्रतिक्रिया दिनुहोस्