नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ”लिडर्स नाईट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई गैंडाकोट स्थित मौला कालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा वरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभागप्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २ सय २५ जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, कार्यक्रमका प्रमुख अतिथि दाहालले सहभागी अभिकर्तालाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होइन हजारौं प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नुपर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्तालाई दाहालले सम्मानपत्र गरेका थिए ।