ओमानका सुल्तानको ७९ वर्षको उमेरमा निधन «

ओमानका सुल्तानको ७९ वर्षको उमेरमा निधन

मस्कट-ओमानका सुल्तान काबुस बनि सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ । काबुस अरब जगतमा सबैभन्दा धेरै समय सुल्तान भएका छन् ।
ओमानका मीडियाका अनुसार सुल्तानको शुक्रबार बेलुकी भएको थियो । गत महिना उनी बेल्जियममा आफ्नो उपचार गरेर फर्किएका थिए । उनलाई क्यान्सर भएको समाचार पनि मीडियामा आएका थिए ।
सुल्तान काबुस १९७० मा बेलायतको समर्थनमा आफ्ना पितालाई गद्दीबाट हटाएर सुल्तान बनेका थिए । उनले ओमानकोे विकासका लागि तेलबाट हुने आम्दानीको प्रयोग गरेका थिए । सुल्तानले विवाह गरेका थिएनन र उनको कोही पनि उत्तराधिकारी छैनन् ।
प्रचलित नियमका अनुसार गद्दी खाली भएको तीन दिनभित्र शाही परिवार परिषदले नयाँ सुल्तान चुन्ने छ । शाही परिवार परिषदमा करिब ५० पुरुष सदस्य छन् । यदी परिवारको नयाँ सुल्तानको विषयलाई लिएर सहमती बनेन भने रक्षा परिषदका सदस्य, सर्वोच्च अदालतका अध्यक्ष, सल्लाहकार परिषद तथा राज्य परिषदले उक्त बन्द खाम खोल्नेछन्, जसमा सुल्तान काबुसले नयाँ सुल्तानको विषयलाई लिएर आफ्नो रोजाइ उल्लेख गरेका छन् । उनैलाई नयाँ सुल्तान बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्