यौन दुर्व्यवहारको आरोपमा राई दोषी ठहर

काठमाडौं- जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।
डेढ वर्षअघि मदन राईले बालिकाहरुलाई यौन दुर्व्यवहादुर गरेको खबर बाहिरिएको थियो । त्यसलगत्तै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेर राईविरुद्ध मुद्दा चलाएको थियो ।