Logo

केबलकार निर्माणको विरोधमा झडप

काठमाडौं– केवलकार निर्माणको विरोधमा झडप हुँदा पाथीभरा क्षेत्र अशान्त बनेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनाको अवस्था गम्भीर बनेको छ । उक्त झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।

प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । यस्तै एक जना प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच शनिबार झडप भएको हो । स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आइतबारदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए ।

स्थानीय प्रशासनले शनिबार नै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीय बासिन्दामाथि बल प्रयोग गरेको थियो । स्थानीय बासिन्दाले ढुंगा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ । गएको मंगलबारदेखि हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन जमिन सम्याउने काम सुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्