Logo

फुडमाण्डु अब बुटवलमा पनि

काठमाडौं– फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । बिहीबार बुटवलको डी क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले एक हजार भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको दावी गरेको छ । कम्पनीले हालै वानमार्ट नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ । यसले किराना तथा अन्य उपभोग्य वस्तुको तुरुन्त डेलिभरी गर्दछ ।

फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजना अनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्