मर्जरमा जान पोखरा फाइनान्सले बनायो समिति

काठमाडौं– पोखरा फाइनान्सले मर्जर, प्राप्तिमा जाने उद्देश्यले समिति गठन गर्ने भएको छ । वार्षिक साधारण सभामा पारित भएको एजेण्डा अनुसार कम्पनीको सञ्चालक समितिले बुधबार यस्तो निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्जमा पत्राचार गर्दै यस्तो समिति बनाउने निर्णय भएको जानकारी गराएको हो । राष्ट्र बैंकले केही समय अघि कम्पनीलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो । राष्ट्र बैंकको सञ्चालक समितिले यस्तो स्पष्टीकरण सोधेको भए पनि कम्पनीलाई मर्जारमा जान समय दिने तयारी भइरहेको स्रोतले बतायो ।