Logo

टीभीएसका मेकानिक्स अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाने

काठमाडौं– टीभीएस नेपालले मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउने भएको छ । नेपालभरबाट छानिएका ५ उत्कृष्ट मेकानिक्सलाई भारतको बेंगलुरुमा हुने प्रतिस्पर्धामा सहभागी गराउन लागेको हो । नेपालमा टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले क्षेत्रीय प्रतिस्पर्धाबाट ३० जना छनोट गरेको छ ।

काठमाडौंमा ३ दिनसम्मको प्रतिस्पर्धाबाट छनोट गरी भारतमा पठाउने छ । नेपालगन्ज, इटहरी, नारायणगढ र काठमाडौँमा क्षेत्रीय प्रतिस्पर्धा गरेको थियो । टीभीएस मोटर इन्डिया, जगदम्बा मोटरका प्रतिनिधिले उत्कृष्ट मेकानिक्स छनोट गर्दैछन् । जगदम्बा मोटर्स नेपालले आफ्नो सर्भिसलाई उत्कृष्ट बनाउन प्रतिस्पर्धा गरेको जनाएको छ ।

मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउँदा क्षमता वृद्धि हुने र उत्कृष्ट काम गर्न हौसला मिल्ने कम्पनीको दाबी छ । नेपाली मेकानिक्सलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउँदा उत्कृष्ट नतिजा ल्याउने गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्