गरिमाको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने सुविधा

काठमाडौं– गरिमा विकास बैंकले वस्तु तथा सेवा खरिद गर्न सकिने थ्री डी सेक्युर ई–कमर्श सेवाको सुरुवात गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास आफ्ना डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्मबाट वस्तु तथा सेवा खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको हो ।
सो सेवा सुचारु गर्न चाहने ग्राहकले सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सक्ने विस्वास लिएको बैंकले जनाएको छ । अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहको बैंकमा रजिष्टर गरिएको मोबाइल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाइएकाले कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको बैंकले जनाएको छ ।