महालक्ष्मी विकास बैंकको बिजचित्र फोटोग्राफी प्रतियोगिता

काठमाडौं– महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगितका विजेतालाई पुरस्कृत गरेको छ । अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको हो । एक कार्यत्रमका बीच प्रथम, द्वित्तीय, तृतीय स्थान तथा पब्लिक च्वाइस अवार्ड हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण गरिएको हो ।
उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो हुन सफल भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको बैंकले जनाएको छ ।
उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापार झल्कने फोटो खिचेर पठाउनुपर्ने प्रावधान राखिएको थियो । प्रतियोगिताको मूल्यांकनका लागि लागि छानिएको ३ सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिर छानिएको थियो ।