एक हजार बढ्यो सुनको मूल्य

काठमाडौं- सुन एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा किनबेच भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच भएको छ ।