चार सय घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदीको मूल्य तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।