डिशहोमले ल्यायो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर

काठमाडौं- डिशहोमले ईन्टरनेट ग्राहकलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ । यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकको लागि यो अफर सार्वजनिक गरिएको हो ।
पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् । थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ ।