Logo

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न स्वीकृति

काठमाडौं– कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले १८औं साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरि स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।

राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थालाई पुँजीकोष सवलीकरण गर्न हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

बैंकले गत असार १७ गते ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पुँजी कोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्