Logo

कुमारी बैंक र वात्सल्य नेचुरल आइभिएफबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र वात्सल्य नेचुरल आइभिएफबीच बैंकका ग्राहकलाई वात्सलय नेचुरल आइभिएफको देशभरी रहेका शाखाबाट छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकलाई वात्सल्य आइभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनुका साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवा प्रदान गर्दै अएको छ ।

प्रतिक्रिया दिनुहोस्