Logo

सुनको मूल्य एक लाख ६० हजार पुग्यो

काठमाडौं- सुनको मूल्य बुधबार प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्