नेटाले प्राप्त गर्यो ८१८ मिलियन अमेरिकी डलर

काठमाडौं– चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुन: सुरु गरेको हो । २०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ । बिक्रीलाई दोब्बर पार्ने योजना रहेको कम्पनीले जनाएको छ ।
नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो । यद्दपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।
म्यल्भधक रिपोर्ट अनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार, राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक कल्टले यो लगानीमा सहभागिता जनाएका छन् । २०२३ को जनवरीमा, नेटा कल्टको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।