सनसिल्क भाइब्स सिजन ४ का विजेता घोषणा

काठमाडौं– युनिलिभरको ब्राण्ड ‘सनसिल्कले दसै लक्षित अफरका विजेता घोषणा गरेको छ । यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’ को रूपमा पुन: परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको छ । यो अभियान यही माघ ४ मा सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भएको छ ।
विजेताहरू आकृति अर्याल, मनिषा लामा, र सुहाना ठाकुर रहेका छन् । विजेताले एक लाख रुपैयाँ प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका छन् । यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ ।
नयाँ थिम लाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीलाई आफ्नो कपालले जीवनमा खल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ । सनसिल्क सधैं प्रवृत्तिहरू सेट गर्ने र समुदायको भावना निर्माण गर्ने क्रममा रही आएको छ । सनसिल्क भाइब्स चाँडै नै हयेरस्टाइल र व्यक्तित्वको उत्सवमा विकसित भई यसले परम्परागत संस्कृतिसँग आधुनिक प्रचलन मिसाएको कम्पनीको दावी छ ।
अभियानले सहभागीलाई हयेरस्टाइलहरु टाइमलेस क्लासिक्सदेखि बोल्ड, कन्टेम्पोररी लुकसम्म अन्वेषण र आफ्नो अनुभव सेयर गर्न आमन्त्रित गरेको थियो । यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफूल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइल देखाएको थियो ।