Logo

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड

काठमाडौं– जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२५ सम्पन्न गरेको छ । कम्पनीले काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२५ सम्पन्न गरेको हो ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी–२०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए ।

नेपाल लाइफले बिमा बजारको करिब एकतिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्तालाई शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्