ह्यारी दम्पतीद्वारा राजपरिवारको वरिष्ठ सदस्यता त्याग «

ह्यारी दम्पतीद्वारा राजपरिवारको वरिष्ठ सदस्यता त्याग

लण्डन-बेलायतका राजकुमार ह्यारी र उनकी पत्नीले आफूहरु वरिष्ठ शाही पदबाटा हट्ने घोषणा गरेका छन् ।
दम्पतीले आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुन चाहेका उल्लेख गरेका छन् । हालैमात्र एक वक्तव्य जारी उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
उनीहरुले आगाी समय समय बेलायत र उत्तर अमेरिकाको बीचमा बिताउन चाहेकोसमेत उल्लेख गरेका छन् ।
उनीहरुले यस किसिमको निर्णय भएको वक्तव्य जारी गर्न अगाडि आफ्ना दाजु राजकुमार विलियम, महारानी वा बकिंघम प्यालेस कसैसँग पनि कुरा नगरेको उल्लेख गरेका छन् । यसै कारणले बकिंघम प्यालेस निराश भएको बताइएको छ ।
उनीहरुले वरिष्ठ शाहीलाई समेत यो वक्तव्यको मार्फत चोट पुर्याएको जनाइएको छ ।
बुधबार ह्यारी दम्पतीको अचानकको घोषणा उनीहरुको इन्स्ट्राग्राममा पनि पोस्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्