Logo

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंकले थाहा नगरपालिकाको कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

सोही क्रमलाई निरन्तरता दिँदै बैंकको पालुङ शाखाले ५५ जना विपन्न विद्यार्थीलाई पोलार ज्याकेट वितरण गरको छ । साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रवर्द्धन गर्न आयोजित अदृश्य मोतीहरु नामक कार्यक्रम सञ्चालन गर्न बैंकले आर्थिक सहयोग गरेको छ ।

यस कार्यबाट अपाङ्गता भएका व्यक्तिको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्