Logo

हिमालयन बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौं– हिमालयन बैंक र बुद्ध एयरबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउनुपर्ने छ । बैंकले आफ्ना कार्डबाहक तथा अन्य ग्राहकलाई विभिन्न संघ संस्था तथा व्यापारीक साझेदारहरुसँगको सहकार्यमा विभिन्न सेवा छुट दिँदै आएको जनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्