सानिमा बैंकको सहयोग

काठमाडौं– सानिमा बैंकले पर्साका विभिन्न विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
यसै क्रममा बैंकको पर्सागढी शाखाले पर्सागढी–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा विद्यार्थीलाई लुगा हस्तान्तरण गरिएको हो ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो लुगा वितरण गरिएको बैंकको भनाइ छ ।